ग्यालरी

संविधान दिवस २०७५ को अवसरमा आज आश्विन ३ गते हेलम्बु गाउँपालिकाद्वारा 
पहिलो चरणमा गाउँपालिका परिसर तथा किउल बजारमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवसलार्इ भव्यताका रुपमा मनाउनका लागि हेलम्बु गाउँपालिकाद्वारा तपसिल अनुसार कार्यक्रम तयार पारिएको छ ।

बिहान ८:०० - ११:०० : सरसफार्इ कार्यक्रम
दिउसो ११:०० देखि : किउल बगरको पुल रंगरोगन
साझ : दिपावली कार्यक्रम

मिति: 09/19/2018 - 13:58
, , , , , , , , , , , , , , , , , ,

संविधान दिवस २०७५ लाइ विविध कार्यक्रमका साथ मनाउने सिलसिलामा अाश्विन २ गते हेलम्बु गाउँपालिका वडा नं ४ स्थित ग्याल्थुम बजार तथा सरस्वती मा.वि. परिसरमा सरसफाइ अभियान हेलम्बु गाउँपालिका अध्यक्ष ज्यूको नेतृत्व तथा ४ नं वडा कार्यालयको सक्रियतामा सम्पन्न भयो ।

मिति: 09/18/2018 - 00:00
, , , , , ,

हेलम्बु गाउँपालिकाको अायोजनामा परिवार नियोजन दिवस २०७५ अाश्विन २ (18 september 2018) को अवसरमा "खुसी तथा सुखी परिवारको लागि परिवार नियोजनको भुमिका" विषयमा मंगल स्वास्थ्य केन्द्र, चिलाउनेघारी हेलम्बु गा्.पा.

मिति: 09/18/2018 - 00:00
, , , , , , , ,

हेलम्बु गाउँपालिका वडा नं ५, को  महांकाल स्वास्थ्य चौकी भवन हस्तान्तरण तथा बर्थिङ सेन्टरको आज उद्घाटन भएको छ । भवन जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको समन्वयमा बनेको हो । कुल ७४ लाख ६७ हजार ९३० रुपैंया लागतमा प्रि फेब्रिकेटेड प्रविधिको चार कोठे स्वास्थ्य चौकी भवन र दुई कोठे कर्मचारी आवास गृह हस्तान्तरण गरिएको हो ।

मिति: 09/07/2018 - 00:00
, , , , , , , , , , , , , , , , , , ,

हेलम्बु गाउँपालिकाको वडा नं १ र ६ बीचको (मेलम्ची खाेला) चालिसे चिउरीखर्क झाेलुंगे पुलको अाज २०७५ भदाै १३ गते यस हेलम्बु गाउँपालिका प्रमुख श्री निमा ग्याल्जेन शेर्पा ज्यू मार्फत उद्घाटन कार्य सम्पन्न भएकाे छ ।

४ महिनाको छोटो अवधिमा नै अायोजना सम्पन्न गरी एउटा नमुना अायोजनाको रुपमा प्रस्तुत गर्नु भएकोमा विशेष रुपमा खटिनु हुने निर्माण उपभोक्ता समिति, TBSU Team, ज‍.ग्रा.से.स. लगायत यस अायोजनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा हेलम्बु गाउँपालिका विशेष धन्यवाद ज्ञापन गर्दछ ।

मिति: 08/30/2018 - 06:22
, , , , , , , , ,

हेलम्बु गाउँपालिकाद्वारा अायाेजित, हेलम्बु गाउँपालिका भित्रका संघसंस्थाहरुसँग अा.व. २०७४/७५ काे प्रगति विवरण र अा.व. २०७५/ ७६ काे वार्षिक कार्यक्रमबारे छलफलका केही तस्वीरहरु ।

मिति: 06/13/2018 - 00:00
, , , , , , , , , , , , , , , , , , , , , , , ,

हेलम्बु गाउपालिका वडा नं ३ मा २०७५/०२/२८ गते अायाेजित सामुदाइक स्वास्थ्य प्रबर्दन कार्यक्रम तथा साबिक पाल्चोक-३ का महिला स्वास्थ्य स्वयंसेविका फुलमाया तामाङ को बिदाइ तथा नया म स्वा स्व सेविका अस्मिता तामाङको स्वागत कार्यक्रमका केही तस्वीरहरु ।

मिति: 06/11/2018 - 18:12
, , , , , , , , , , , , , , , , ,

यस हेलम्बु गाउपालिकाका प्रमुख ज्युकाे उपस्थितीमा, २०७२ सालकाे भूकम्पले पूर्ण क्षति भएकाे गोल्मादेवी माध्यमिक बिद्यालय भवनको कारितास र हेल्भेटास नेपाल तथा अन्य साझेदार संस्थाको सहयोगमा पुननिर्माण सम्पन्न भइ, गुणस्तर परीक्षण गरी अाज जेठ २५, २०७५ मा विधालयलाइ स्वामित्व विधिवत रुपमा हस्तान्तरण कार्यक्रम सम्पन्न भयाे ।

मिति: 06/07/2018 - 00:00
, , , , , ,

Pages