FAQs Complain Problems

सूचना

संक्षिप्त परिचय

हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गा.बि.स. बर्तमान गाउँपालिकाको वडा नं १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साबिकको हेलम्बु गा.वि.स.को नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गा.वि.स.ले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तार्केघ्याङ्ग्युल गा.वि.स. र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तार्के र घ्याङ्ग्युलको नामबाट तार्केघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ । राज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गा.वि.स.हरु क्रमश : हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाइ मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गा.वि.स लाइ २,२ वटा वडामा विभाजन गरिएकँ छ । 

हेलम्बु गाउँपालिकाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत, दक्षिणतर्फ मेलम्ची नगरपालिका, उत्तर पुर्व तर्फ नुवाकोट जिल्ला र पश्चिमतर्फ पाँचपोखरी गाउँपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको वसोवास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन, कामी, दमाइ सार्की लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ । 

हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा बिभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ । अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाई देखि उच्च ५००० मिटर सम्मको भुभाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेका र तल्लो बेसी भूभागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कि, जातका ब्यक्तिहरुको बसोबास रहेको छ । 

आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थल रहेको यस ठाउँमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकन गर्दा मानिसको मन छुने हुन्छ । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरणले गर्दा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यस हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ अधिकाँश भाग समेत पर्दछ । यस गाउँपालिकामा मुहान मेलम्ची र अन्य खोलाहरु जस्तै गोहोरे खोला, तिम्बु खोला अन्य सा–साना खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पुगि रहेको छ । यस क्षेत्रको अधिकाँश भुभाग वनजङगलले ढाकेको छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरु  ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थान हुन । 

यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो । यो पालिकाको माथिल्लो भेगमा परम्परागत जातका आलु मुलाहरु लगाउने चलन थियो र अहिले पनि कायमै छ । पशुपालनमा माथिल्लो भेगमा भेडाच्याँग्रा, चौरी र तल्लो भेगमा गाइभैसी पाल्ने चलन छ । 

 

हेलम्बु गाउँपालिका
जनसंख्या / क्षेत्रफल विवरण (२०६८ जनगणना अनुसार)
क्र.सं. वडा नं साविक गा.वि.स. महिला  पुरुष जम्मा घरधुरी संख्या क्षेत्रफल
हेलम्बु (१-९) १३०६ १२५८ २५६४ ६५६ ६७.८३
किउल (१-९) १५०६ १४४४ २९५० ७६४ २६.१०
पाल्चोक (१-९) ९७५ ९५२ १९२७ ४८९ ९.८०
महाँकाल (१,२,८,९) १२९८ ११५० २४४८ ५५४ ९.८२
महाँकाल (३-७) १२६५ ११३० २३९५ ४७० १८.५०
इचोक (१-५) १२१६ ११६४ २३८० ६१० २२.२४
इचोक (६-९) १५४१ १४६६ ३००७ ६६० १४.९५
    जम्मा ९१०७ ८५६४ १७६७१ ४२०३ १६९.२४
    लाङटाङ राष्ट्रिय निकुन्ज         ११८.०२
    निकुन्ज सहित क्षेत्रफल         २८७.२६

 

 

हेलम्बु गाउँपालिका
उमेरगत तथा लिंगका आधारमा जनसंख्या विवरण (२०६८ जनगणना अनुसार)
वडा नं साविक गा.वि.स. ४ वर्ष ५-९ वर्ष १०-१४ वर्ष १५-१४ वर्ष २५-४५ वर्ष ४६-७० वर्ष ७१+
पु पु पु पु पु पु पु
हेलम्बु ५८ २३४ ९३ २८७ १४३ ३५० २७१ २९० ३२० ३११ ३२८ ३६८ ८४ ६९
किउल ९९ १०६ १४७ १७६ २०६ २११ २०१ २२९ ३०६ ३१५ ३२४ ३३६ ८८ १०६
पाल्चोक ११९ १३२ १८८ १९० १८४ २२९ २८२ ३०४ २५७ ३२२ २५९ ३४७ ७५ ९०
महाँकाल २५४ २७० २८७ ३७० २९१ ३०१ २४५ २५१ ४०३ ४६२ ३०७ ३३३ ५३ ६२
इचोक २०८ २९६ ३१८ ३८९ २५८ २७७ ४४० ४९० ४७६ ५०३ ४७४ ४९१ १३३ १५४
जम्मा ७३८ ८८२ १०३३ १२५४ १०८२ १२०५ १३७९ १४९४ १७६२ १९१३ १६९२ १८७५ ४३३ ४८१