"हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण"

header AD
संक्षिप्त विवरण

हेलम्बु गाउँपालिकाको पार्श्वचित्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस।
हेलम्बु गाउँपालिकाको नामाकरण तत्कालिन हेलम्बु गा.बि.स. बर्तमान गाउँपालिकाको वडा नं १ सँग जोडिएको छ । हेलम्बु भन्नाले एउटा गाउँ मात्र नभएर यसले भेगको प्रतिनिधित्व गर्दछ । साबिकको हेलम्बु गा.वि.स.को नाम २०४९ सालको निर्वाचन सम्पन्न भएपछि निर्वाचित पहिलो गा.वि.स.ले नाम परिवर्तन गरेर हेलम्बु राखेको हो । त्यस अघिसम्म तिम्बुघ्याङ्ग्युल गा.वि.स. र तार्केघ्याङ पञ्चायत थियो । यसको अर्थ तिम्बु र घ्याङ्ग्युलको नामबाट तिम्बुघ्याङ्ग्युल रहेको अनुमान गर्न सकिन्छ । राज्यको पुन संरचनासँगै यहाँका ५ वटा तात्कालिन गा.वि.स.हरु क्रमश : हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोकलाइ मिलाएर हेलम्बु गाउँपालिकाको निर्माण भएको छ । यो पालिकामा ७ वडाहरु रहेका छन् । पुनसंरचनामा महाँकाल र इचोक दुवै तात्कालिन गा.वि.स लाइ २,२ वटा वडामा विभाजन गरिएकँ छ । 

हेलम्बु गाउँपालिकाको उत्तर पुर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका, पश्चिमतर्फ  तर्फ दुप्चेश्वरी गाउँपालिका, नुवाकोट जिल्ला, उत्तर तर्फ रसुवा जिल्ला दक्षिणतर्फ मेलम्ची नगरपालिका पर्दछ । यस पालिकामा विभिन्न जातिका मानिसहरुको वसोवास रहेता पनि ह्योल्मो जातिको बाहुल्यता छ । सो अलावा शेर्पा, तामाङ, क्षेत्री, बाहुन, दलित समुदाय लगायतका जातिहरु पनि बसोबास गर्छन् । यो पालिकाको नाम ह्योल्मो जातिको पहिचान खुल्ने गरी हेलम्बु गाउँपालिकाको नामाकरण भएको कुरा मान्न सकिन्छ । 

हेलम्बु पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । हिमालको दृश्य, ह्योल्मो, शेर्पा, तामाङ जातिको बसोबास, रहनसहन र रितिरिवाजले बाह्य पर्यटकहरु आकर्षित हुने गरेका छन् । यो क्षेत्र धार्मिक पर्यटकीय स्थल पनि हो । यस ठाउँमा बिभिन्न समयमा धार्मिक गुरुहरुले ध्यान गर्ने गरेको र त्यति बेला धार्मिक गुरुहरुले यस क्षेत्रको भ्रमण समेत गरेको किम्बदन्तीहरु पाइन्छ । अधिकांश भुभाग पहाड र सुन्दर डाँडा पाखाले भरिएको यस गाउँपालिका समुन्द्री सतहबाट करिब १००० मिटर को उचाई देखि उच्च ५००० मिटर सम्मको भुभाग पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणिय जुगल हिमालको सन्निकट याङरीमा डाँडाको काखमा रहेको छ । माथिल्लो भु–भागमा ह्योल्मो र तामाङ जातीको बहुल्यता रहेका र तल्लो बेसी भूभागमा विशेष गरी ब्राम्हण, क्षेत्री, दमाई, कामी, सार्कि, जातका ब्यक्तिहरुको बसोबास रहेको छ । 

आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङ जस्ता महत्वपूर्ण स्थल रहेको यस ठाउँमा गुम्बा, माने, घ्याङहरु, मन्दिर अवलोकन गर्दा मानिसको मन छुने हुन्छ । यस ठाउँको अतिथि सत्कार, विशेष खालको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरणले गर्दा यो क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यस हेलम्बु गाउँपालिकामा बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ अधिकाँश भाग समेत पर्दछ । यस गाउँपालिकामा मुहान मेलम्ची र अन्य खोलाहरु जस्तै गोहोरे खोला, तिम्बु खोला अन्य सा–साना खोल्चीहरु छन्, जसबाट खानेपानी, सिचाईलाई थप सुविधा पुगि रहेको छ । यस क्षेत्रको अधिकाँश भुभाग वनजङगलले ढाकेको छ । यस गाउँपालिकाका मुख्य व्यापारिक केन्द्रहरु  ग्याल्थुम, चनौटे, तिम्बु र किउल बगर लगायताका स्थान हुन । 

यहाँका मानिसहरुको मुख्य पेशा कृषि हो । यो पालिकाको माथिल्लो भेगमा परम्परागत जातका आलु मुलाहरु लगाउने चलन थियो र अहिले पनि कायमै छ । पशुपालनमा माथिल्लो भेगमा भेडाच्याँग्रा, चौरी र तल्लो भेगमा गाइभैसी पाल्ने चलन छ । 
 

हेलम्बु गाउँपालिका
जनसंख्या / क्षेत्रफल विवरण (२०७८ जनगणना अनुसार)
क्र.सं. वडा नं साविक गा.वि.स. महिला  पुरुष जम्मा घरधुरी संख्या क्षेत्रफल
हेलम्बु (१-९) १११२ ११९९ २३११ ८१५ ६७.८३
किउल (१-९) १३५१ १३९९ २७५० ८६६ २६.१०
पाल्चोक (१-९) ९८७ ९४२ १९२९ ५६७ ९.८०
महाँकाल (१,२,८,९) १०६७ ९९० २०५७ ५६३ ९.८२
महाँकाल (३-७) १३३३ १३०० २६३३ ७५० १८.५०
इचोक (१-५) १३६१ १४६१ २८२२ ७५० २२.२४
इचोक (६-९) १५०५ १४९० २९९५ ५४३ १४.९५
    जम्मा ८७८१ ८७१६ १७४९७ ४६९० १६९.२४
    लाङटाङ राष्ट्रिय निकुन्ज         ११८.०२
    निकुन्ज सहित क्षेत्रफल         २८७.२६

 

 

आधारभूत जानकारी
Bagmati
Sindhupalchok
गाउँपालिका
169.24 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 17497
Male 8716
Female 8781
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2073-03-01
Website -

Coordinates: 27.928756° N, 85.554614° E